नेपाल सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ।
मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रदीप परियारलाई संघीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ। परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम गर्नेछन्।
यस्तै टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङ, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङ र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा कामकाजमा पठाइएको छ।
त्यसैगरी ज्ञानहरि घिमरेलाई जनकपुरधाम उपमहानगरमा कामकाज र नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा अन्तरगत सरुवा गरिएको छ।

