काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्। शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन्।
सपथपछि सभामुख घिमिरेले सांसद खानलाई सांसदको लोगो लगाइदिएका थिए। सपथपछि सांसद खानले आफ्नो कामको बारेमा अध्ययन गर्ने बताइन्। महिला अधिकारका साथै जिम्मेवारी अनुसार काम आफुले गर्ने उनले बताइन्।
सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो। जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन्।
