काठमाडौँ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ रहेको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।  

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।

त्यसैगरी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलाको १६ सय ५५ मा कारोबार भैरहेको थियो ।