काठमाडौँ । सूर्यकुमार यादवको शतकको मद्दतमा इण्डियन प्रमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो ।

सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो। मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का सहित १०२ रन बनाएर नटआउट रहे। सूर्यकुमारले अन्तिम बलमा छक्का प्रहार गरेेसँगै टोलीको जित निश्चित भएको थियो । उनलाई तिलक वर्माले अर्कोतर्फ साथ दिएका थिए। तिलकले ३२ बलमा ६ चौका प्रहार गर्दै ३७ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन जोड्यो । हैदराबादका लागि ट्राभिस हेडले ३० बलमा ७ चौका र १ छक्का सहित ४८ रन जोडे । यस्तै कमिन्सले १७ बलमा ३५ रन बनाए । नितिश रेड्डीले २० रन बनाए ।मुम्बईका कप्तान हार्दिक पन्ड्या र पियुस चावलाले समान ३ , अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १ विकेट लिए ।

जित पछि मुम्बई १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ। पराजित हैदराबाद ११ खेलमा १२ अंक सहित चौथो छ।आइपिएलमा मंगलबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *