काठमाडाैँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् । आज दुबै दलका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा दिएका हुन् । सरकारमा एमालेका राज्यमन्त्रीसहित छ जना र माओवादीका दुई जना मन्त्री थिए ।
आइतबार नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामापत्र बुझाए सँगै नेकपा(माओवादी केन्द्र) बाहिरिएको छ। शाह वन तथा वातावरणमन्त्री र भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए ।
त्यस्तै एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकास, प्रमोदकुमार जैसवाल शिक्षा तथा सँस्कृती, राजकुमार लेखी गृह, सञ्चार तथा कानून, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री, केशव राय र शारदा थापा राज्यमन्त्रीले पनि राजीनामा दिएका छन् ।
एमाले र माओवादीले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् ।
