काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ १४ गते सोमबार सन् २०२४ मे २७ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा पुगेको छ।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ।
त्यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५३ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

