काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज ४:१५ मा भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । यो दोस्रो पटक नेपालले उपाधि जित्ने मौका पाएको हो ।
यसअघि सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भारतविरुद्धको फाइनलमा जितको नजिक पुगेर पनि नेपाली टोली ३-२ सेटमा पराजित भएको थियो।
मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
यसपटक नेपाली टोली उच्च प्रदर्शन र मनोबलका साथ फाइनल पुगेको छ । लिग चरणमा भारतविरुद्ध ३-२ सेटको जित निकाल्दै नेपालले एतिहासिक सफलता हासिल गरेको थियो। २५ वर्षयता महिला भलिबलमा भारतमाथि नेपालको त्यो पहिलो जित हो ।
