नेपाली बजारमा चार दिनदेखि सुनको मूल्य स्थिर अवस्थामा रहेको छ। बिहीबारको बजारमा पनि सुनको मूल्य  घटबढ नभएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। उक्त मूल्य आईतबारको बजारमा कायम मूल्य हो। त्यसपछिका चार दिन सुनको मूल्यमा घटबढ नभएको हो।

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १७६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य १७५५ रुपैयाँमा किनबेच भएको थियो।