सुनको भाउ बिहिबार एकैदिनमा तोलाकाे ४ हजार रुपैयाँले घटेको छ। हिजो तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको सुनको भाउ आज चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला २ हजार १५ रुपैयाँ कायम रहेको थियो।

बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनकाे अन्तराष्ट्रिय मूल्यमा अाएकाे उतार चडावसँगै नेपालमा पनि प्रभाव परेकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *