नेपाल र अफगानिस्तानको यु-१९ बीचको दोस्रो अभ्यास खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको छ। अब केहि बेरमा मुलपानी मैदानमा अफगानिस्तानले ब्याटिङ गर्नेछ।

यसअघि बिहीवार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो।अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिजमा १-० को अग्रता रहेको छ। यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। यदि आज अफगानिस्तानले खेल जिते यो अभ्यास सिरिज अफगानिस्तानले हात पार्नेछ।

नेपाल र अफगानिस्तान दुवै राष्ट्र यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन्। एसिया छनोट अर्को साता नेपालमा नै हुनेछ। छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले सन् २००० मा पहिलो पटक यु १९ विश्व कप खेलेको थियो। सन २००० देखि २०२४ सम्म नेपालले ८ पटक विश्व कप खेलिसकेको छ। अब यो पटक नेपाल नवौं पटक विश्व कप खेल्ने प्रयासमा रहेको छ।