मोटरसाइकल ब्राण्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मेला आयोजना गरेको छ। यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाजका सवारी लान सकिनेछ।

ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालुएटरबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिनेछ। साथै, अतिरिक्त भ्यालूएसन १०,००० सम्मको आकर्षक नगद छुट, फ्री एक्सेसरीज र अन–द–स्पट फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्र मार्फत ५० हजारसम्म जित्ने अवसर पाउनेछन्। साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ। यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ।

नागरिकताको आधारमै फाइनान्स गर्न सकिनेछ। शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन्।

बजाजले यसअघि नै दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ। जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा रु. ५० हजारकोे नगद उपहार, प्लेयर अफ द वीक बन्ने ग्राहकलाई १ लाख नगद, चर्चित क्रिकेटरसँग भेट्ने अवसर प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *