दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन्। खेल त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ ।

काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ। लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो। आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *