काठमाण्डाै – नेपाललाई हराउँदै पपुवा न्युगिनि (पीएनजी) ले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि चुम्न सफल भएको छ । आज भएकाे खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायाे ।

पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि १ सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।

पीएनजीले दिएकाे १ सय ७२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६ ओभर ३ बलमा ८५ बलमा अल आउट भयाे । नेपालका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके । सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा आरिफ शेखले १५ तथा रोहित पौडेलले १२ रन बनाए । पीएनजीका कबुआ माेरे, चाद साेपर र सेसे बाउले समान २ विकेट लिए ।