Author: संवाददाता

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

सरकारले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/ १० लाख दिने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको छ। उक्त दुर्घटनामा परेर…

भाटभटेनी लुटपाट प्रकरणमा बहादुरी देखाउन सुरक्षा गार्ड पराजुलीलाई पुरस्कृत

राजावादीहरूले चैत्र १५ गते गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा छिरेर तोडफोड र लुटपाट गर्नेहरूसँग प्रतिकार गरेका एक सुरक्षा गार्डलाई कम्पनीले पाँच लाख एक हजार एक सय एघार नगद पुरस्कारसहित…

रहेनन् वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ कमल कोइराला

वरिष्ठ पत्रकार एवं कूटनीतिज्ञ कमल प्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति ९ बजे निधन भएको हो।…

बस र जीप एकापसमा ठोक्किँदा जीप चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा मृत्यु भएको हो। प्रहरीका अनुसार आज बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको…

पुल्चोक र भैंसेपाटी आसपासका क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा

ललितपुरका केही क्षेत्रमा आजदेखि लागू हुने गरि दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। पुल्चोकमा रहेको यूएन…

ओम मेगाश्री फर्मास्यूटिकल्सको IPO मा आजदेखि आवेदन दिन सकिने

आज (फागुन २७) गतेदेखि ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले प्राथमिक शेयर (IPO) निष्काशन तथा बिक्री खुला गर्दैछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ…

ललितपुरमा बोरिङ गर्दा निस्कियो आगोको ज्वाला, सकिएन निभाउन

ललितपुरको टिकाथलीस्थित पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीयले आगो निभाउन हिलो र पानी छ्यापेर प्रयास गरिरहे…

नेपालले आज मलेसियासँग भिड्दै

महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन्।…

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए। एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट…

वडाध्यक्ष र वडा सचिव घुससहित अख्तियारको नियन्त्रणमा

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले ५७ वर्षीय…