Month: November 2024

रास्वपा सभापति लामिछानेलाई आज काठमाडौँ ल्याइँदै

सहकारी ठगी, संठगित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौँ ल्याइँदैछ। पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतबाट कालीमाटीस्थित स्वर्णलक्ष्मी…

आज देशका यी स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडका केही ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले…

प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री लगायतका विज्ञहरुसँग चीन भ्रमणबारे छलफल गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा जानुअघि उठाउने एजेण्डाबारे आज छलफल गर्दै छन्। आलीले आज बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालय लगायत सरोकारवाला निकाय तथा विज्ञसँग चीन…

नेपाल प्रहरीका आठ जना डिआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा…

आज राष्ट्रिय कर दिवस

आज राष्ट्रिय कर दिवस । ‘ कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ। २०५४ मंसिर १ मा आधुनिक…

यू-१९ विश्वकपमा छनोट भएका नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने

आईसीसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका महिला क्रिकेट टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ। नेपाल क्रिकेट संघ…

बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्रीको उद्घाटन भोली तीन देशका मन्त्रीले गर्ने

भोलीदेखि नेपालले बङ्गलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। भर्चुअल रुपमा यसको उद्घाटन तीन देशका ऊर्जामन्त्रीले गर्ने भएका छन्। नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५…

आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका…

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको मौसमविदले जनाएका छन्। यतिबेला देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले…

कालीकोट दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात पुग्यो

कालीकोटको पलाँता गाउँपालिका–५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गरको क १ ज ५६ नम्बरको जीप पलाँता–३ को राडु भन्ने ठाउँमा हिजो आइतबार भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको…