केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो।
व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए।
तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा मोटरसाइकल प्राप्त गरे। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनल खेलको २९औं मिनेटमा आर्मीका विमल पाण्डेको आत्मघाती गोल र ७२औं मिनेटमा मच्छिन्द्रका स्टेफन जमाहा जालीको गोलमा मच्छिन्द्रले उपाधि जितेको हो। यस जितसँगै मच्छिन्द्रले तीन पटक ओली कपमा उपाधि जितेर ह्याट्रिक गरेको छ।
प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्यो।
फाइनल खेलमा विश्वकप विजेता इटालियन पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनको उपस्थिति रहेको थियो।
