Month: September 2025

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। ‘जेन जेड’ आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मङ्गलवार ध्वस्त भएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा…

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ। मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन। विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयले एक सूचना जारी गर्दै…

लुटिएका हतियार अविलम्ब फिर्ता गर्नू, नत्र कारबाही हुन्छ: नेपाली सेना

नेपाली सेनाले हालैको जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार, गोलीगट्ठा र अन्य सुरक्षा सामग्रीहरू अविलम्ब सुरक्षा निकायलाई फिर्ता गर्न आग्रह गरेको छ। सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति…

सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित

सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। सर्वोच्चका मुख्य रजिस्ट्रार बिमल पौडेलले सूचना निकालेर पेसीमा रहेका मुद्दाहरूको सुनुवाई सबै स्थगित गरेको जानकारी दिनुभएको छ। हिजो भएको…

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको आग्रह

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ। सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ। अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय…

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

जेन जेड युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। टंगालस्थित अख्तियारको कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन्। उनीहरूले…

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

जेन जेड आन्दोलन चर्किँदै जाँदा चितवनस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा आगजनी गरिएको छ। आन्दोलनकारीहरूले मंगलबार बिहान प्रचण्डको भरतपुरस्थित निजी निवासमा आक्रमण गरी…

प्रधान सेनापति सिग्देलद्वारा घटना परिस्थितिबारे जानकारी दिने तयारी

प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने भएका छन्। जेन जी आन्दोलन पछिको घटनाक्रमबारे देशबासीलाई सम्बोधन गर्ने तयारी भएको र शान्ति-सुरक्षा कायम गर्न सबैलाई संयमित रहन अपिल गर्ने…

वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले जेन जीसहित सबै पक्षलाई वार्तामा आउन आग्रह गरेका छन्। पौडेलले अपिल पत्र जारी गर्दै मुलुक विषय परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका…

बालेनको पुनः आह्वान– ‘घर फर्किनुस्’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आन्दोलनरत जेन जी पुस्तालाई घर फर्किन पुनः आह्वान गर्नुभएको छ। यस अघि सामाजिक सञ्जाल मार्फत आह्वान गरेका शाहले सामाजिक सञ्जालमै पुनः आग्रह गर्दै…