काठमाडौँ । अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा एरिका गुरुङले रजत पदकमा चित्त बुझाउनु परेको छ। उनी अमेरिकी खेलाडी सँग सोमबार भएको फाइनलमा ३-२ ले पराजित भएकी हुन्। त्यसअघि यु २१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् ।

अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिए । प्रशिक्षकहरु दीपक श्रेष्ठ र कुशल श्रेष्ठ उनीहरुको साथ नै रहेका छन् ।