Category: विश्व

प्रधानमन्त्री ओली पुगे थाइल्याण्ड

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्याण्डको बैंकक पुगेका छन्।…

म्यान्मार-थाईल्यान्ड शक्तिशाली भूकम्प: ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ पुग्यो

म्यानमार र थाइल्याण्डमा हिजो गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ जना पुगेको छ। सयौँको संख्यामा घाइते भएका छन्। भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य चलिरहेको छ। भूकम्पले…

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

आज विश्व मौसम विज्ञान दिवस। जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदैछ। सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा हरेक…

सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहार

युरोपेली देश सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्। सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले यो प्रदर्शन गरेका हुन्। सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ…

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ। एक सय वर्षको उमेरमा उनको निधन भएको हो। मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको फाउण्डेशनलाई उदृत…

दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा सीएनएनको साहसी खेलाडीको सूचीमा

दुई हप्तामै तीन पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा परेकी छिन्। श्रेष्ठ सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स हु पुस्ड लिमिट्स इन २०२४’…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस। हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ। यो वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ। सन् १९४८ डिसेम्बर…

आज प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा आज बिहान प्रस्थान गर्दैैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका…

विश्व जलवायु सम्मेलन (कोप-२९) आजबाट सुरु: नेपालले हिमाली क्षेत्रको सुरक्षा मुद्दा उठाउनेछ

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) आजदेखि अजरबैजानको राजधानी बाकुमा सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै…

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदैछन्। बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) मा भाग लिन पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।…