Month: September 2025

खानेपानीमन्त्री प्रदीप यादवद्धारा राजीनामा

खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिनुभएको छ। जेनजीहरूको प्रदर्शनका क्रममा हिजो १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिनुभएको हो। ‘प्रिय युवा भाई…

भरतपुर महानगरपालिकामा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार १२ बजेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार, अर्को सूचना नआएसम्म भरतपुरका…

आज एकैदिन सुनको भाउ ३ हजार १ सय रुपैयाँले बढ्यो

हिजो घटेको सुनचाँदीको भाउ आज पुन बढेर कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तीन हजार एक सय रुपैयाँ बढ्दै तोलामा २ लाख…

प्रचण्ड निवास नजिकै सुरक्षा बिटमा आगजनी

ललितपुर खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास नजिकैको सुरक्षा बिटमा जेनजी पुस्ताका प्रदर्शनकारीले आगजनी गरेका छन्। सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनीसम्म गरेका हुन्। स्थिति नियन्त्रणमा लिन…

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर…

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर मन्त्री अधिकारीले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। जेनजी पुस्ताले हिजो सोमबार गरेकाे प्रदर्शनमा…

नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित

नेपाल र बंलादेशबीचको दशरथ रङ्गशालामा आज साँझका लागि तय दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। राजधानीको सुरक्षा अवस्था बिग्रिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेल स्थगित…

काठमाडौँको चक्रपथभित्र कर्फ्यू आदेश

काठमाडौँ चक्रपथ क्षेत्रभित्र अहिले बिहान साढे आठ बजेदेखि कर्फ्यु लगाइएको छ। मंगलबार बिहान ५ बजे सकिएको कर्फ्यूको समय बिहान ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बढाएको हो। काठमाडौँका प्रमुख जिल्ला…

गोरखामा रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते

गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेकोे बा ०१-००६ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब…

राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गरिने

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक सोमबार बस्दैछ। बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०…